• शनिबार, साउन ९ २०८३

जापानका प्रधानमन्त्री आबेले दिए राजीनामा


शुक्रबार, भाद्र १२ २०७७
820
Shares

काठमाडौं । जापानका प्रधानमन्त्री सिन्जो आबेले शुक्रबार प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । स्वास्थ्य समस्याको कारण देखाउँदै राजीनामाको घोषणा गरेका हुन् ।

सञ्चारकर्मीसँग कुरा गर्दै आबेले आफूले स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेको र यो अवस्थामा आफु जापानी जनताको अपेक्षा पूरा गर्न नसक्ने बताउदै प्रधानमन्त्री पद छाड्ने निर्णय गरेको बताए ।

पछिल्लो समय आबेको स्वास्थ्यस्थिति कमजोर बन्दै गएको थियो । आफ्नो कार्यकाल पूरा गर्न नसकेकोमा आबेले जापानका जनताहरुसँग माफी समेत मागेका छन् ।

अब संसद्मा हुने निर्वाचनमार्फत् नयाँ प्रधानमन्त्रीको चयन हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार