काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको भोलि बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ।
आज प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको भेटवार्तापछि भदौ १८ सम्मलाई सचिवालय बैठक सारिएको हो।
ओली(दाहालबीच आज भएको भेटवार्ताको क्रममा विवाद समाधान कार्यदल बुझाएको प्रतिवेदनमाथि छलफल भएको बताइएको छ। पार्टी भित्रको विवाद समाधान गर्न अध्यक्षद्वयले महासचिव बिष्णु पौडेलको नेतृत्वमा कार्यदल गठन गरेका थिए। उक्त कार्यदलले दिएको १५ पेज लामो प्रतिवेदनमाथि दुई अध्यक्षले छलफल गरिरहेका छन्।
कार्यदलले शनिबार बुझाएको प्रतिवेदनमाथि छलफल गर्न भोलि शनिबार का लागि सचिवालय बैठक बोलाइएको थियो।