• शनिबार, साउन ३० २०८३

‘कुलमानलाई सामाजिक सञ्जालले पुनर्नियुक्ति दिएकाे होला, सरकारले दिएको छैन’


बिहिबार, भाद्र ११ २०७७
835
Shares

काठमाण्डाै । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ति नदिएको स्पष्ट पारेको छ।

सामाजिक सञ्जालमा ९ गते बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पुनः चार वर्षको लागि नियुक्ति दिएको भनेर बधाईको ओइरो आइरहँदा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले उक्त कुरा बताएका हुन्।

आज मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उनले घिसिङलाई नियुक्ति नदिइएको जानकारी गराए।

उनले भने, ‘सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला सरकारले दिएको छैन।’ सामाजिक सञ्जालले दिएको नियुक्ति सरकारलाई थाहा हुने कुरा नभएको भन्दै उनले ठट्टा समेत गरे।

उनले मन्त्रिपरिषदमा प्राधिकरणको कार्यकारी निर्देशकसम्बन्धी नियुक्तिको प्रस्ताव समेत नआएको जानकारी दिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार