• शनिबार, साउन ९ २०८३

स्वर्गिय पिताको सम्झनामा काँग्रेस नेता न्यौपानेले दिए गुरुकुलका विद्यार्थीलाई खाद्धान्न


बिहिबार, भाद्र ११ २०७७
1.5K
Shares

गोरखा । आफ्ना स्वार्गिय पिताको सम्झनामा नेपाली काँग्रेसका नेता नन्द प्रसाद न्यौपाने गोरक्षानाथ बैदिक गुरुकुलमा खाद्धान्न सहयोग गरेका छन ।

नेपाली काँग्रेस गोरखाका सचिव समेत रहेका न्यौपानेले स्वर्गिय पिता बद्धि प्रसाद न्यौपानेको २० औं स्मृति दिवशका अवसरमा गोरखा नगरपालिका ६ मा रहेको सो गुरुकुलमा आवासिय रुपमा अध्ययनरत विद्यार्थीहरुलाई अत्यावस्यक खाद्धान्न सामाग्री सहयोग गरेका हुन ।

बुधबार विद्यालयमा पुगेर उनले २ बोरा चामल, ५ केजी नुन, ५ केजी चिनी, ७ केजी दाल र ५ लिटर तेल लगायतका सामाग्री हस्तान्तरण गरेको बताएका छन ।

लकडाउनका समयमा उनिहरुको खानपान र ब्यवस्थापनमा समस्या नहोस भन्दै आफुले सहयोग गरेको काँग्रेसका जिल्ला सचिव न्यौपानेले बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार