गोरखा । झापा मेचिनगर—१५, चारआलीमा भएको कुटपिट घटनाप्रति दलित विधार्थी संघ गोरखाले विरोध जनाएको छ ।
जातिय विवादलाई लिएर सोमबार झापा चारआली स्थित राजन दर्जी र कुटपिट छुट्याउन गएकी किर्तिमान राष्ट्रिय खेलाडी समेत रहेकी चन्द्रकला लामगादे माथी भएको दुरव्यावहार र निर्मम कुटपिट प्रति संघले विरोध जनाएको हो ।
सोही घटनालाई लिएर दोषीलाई कडा करवाहीको माग गदौ बुधबार संघका गोरखा जिल्ला अध्यक्ष रचन परिवारले प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई माफर्त प्रधानमन्त्री कार्यलयमा ध्यानाआर्कषण पत्र बुझाएका छन् ।
‘मुलुक जातीय छुवाछुत मुक्त भैसक्दा पनि २१ औं शताब्दीमा यसप्रकारको घटना घट्नुले आज पनि समाज कता जाँदैछ भन्ने कुरा उजागर गर्दछ ।’ संघका जिल्ला अध्यक्ष परिवारद्रारा हस्ताक्षरित ध्याआर्कषण पत्रमा भनिएको छ ‘यस किसिमका अपराधिक घटना दोहोरिन नदिन नेपाल दलित विधार्थी संघ गोरखा, नेपाल सरकारको गम्भीर ध्यानाआर्कषण गराउँदछ ।’
