गोरखा । सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) गोरखाको अध्यक्षमा इ.सुमन गिरी चयन भएका छन ।
शनिबार गोरखामा नेपाली काँग्रेस गोरखाका सचिव नन्द प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा भएको डेमोक्रेटिक इन्जिनियरहरुको भर्चुअल भेलाले पालुंटारका गिरीलाई अध्यक्षमा सर्वसमत चयन गरेको हो ।
जसको उपाध्यक्षमा इ. सन्दिप बराम चयन भएका छन् । त्यस्तै सचिवमा इ.विकास खनाल, कोषाध्यक्षमा इ.जयन्द्र भट्ट, सहसचिवमा इ.रमेश भट्ट सर्वसमत चयन छन ।
त्यस्तै सिडेन गोरखाको सदस्यहरुमा इ.अजय पोखरेल, इ.सन्तोष धिताल, इ.राजन लामिछाने, इ.रेगन कार्की, इ.प्रविन ओस्ती, इ.सन्दिप थापा, इ.तुलसी घिमिरे र इ. अमिर काप्री चयन भएका हुन ।
भेलाले सिडेनको जिल्ला कार्यसमिति सल्लाहकारमा अनुप देवकोटा, प्रियस ढकाल र माधव ढकाललाई चयन गरेको सचिव इ.विकास खनालले जानकारी दिए ।
