गोरखा । विपी कोइराला युवा नेतृत्व विकास मञ्च गोरखाले पूर्णता पाएको छ । केहि समयअघि मञ्चको केन्द्रिय समितिले गोरखाका विनोद पाण्डेलाई संयोजक तोके पनि समितिले भने पूर्णता पाउन सकेको थिएन ।
आइतबार नेपाली काँग्रेसमा आस्था राख्ने गोरखाका युवाहरुको भर्चुअल भेलाले मञ्चको जिल्ला कार्यसमिति चयन गरेको बताइएको छ । जसको अध्यक्षमा विनोद पाण्डे, उपाध्यक्षमा गोमा ढकाल, सचिवमा राजेन्द्रराज पाण्डे, सहसचिवमा विकास भट्ट र कोषाध्यक्षमा देवेन्द्र जंग कुवँर चयन भएका छन ।
त्यस्तै मञ्चको सदस्यहरुमा विमला अम्गाईं, सन्तोष दवाडी, दिल बहादुर गुरुङ्ग ‘रिदम’, पवन अधिकारी, आशमान लामा, विकास खनाल, राजेश श्रेष्ठ, उमेश खनाल, अब्जल मियाँ रहेका छन् ।
त्यसैगरी सदस्यहरु मै विमल रम्तेल, मोनिका गुरुङ्ग, सुनिल गुरुङ्ग, सुजन भट्ट र मोहन पुलामी मगर चयन भएको अध्यक्ष पाण्डेले जानकारी दिए ।