• शनिबार, साउन ३० २०८३

नेकपा कार्यदलले ओली–प्रचण्डलाई बुझायो सर्वसम्मत प्रतिवेदन


शनिबार, भाद्र ६ २०७७
835
Shares

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको समस्य समाधानका लागि सुझाव दिन गठित कार्यदलले आफ्नो प्रतिवेदन बुझाएको छ।

गत साउन ३० गते पार्टीभित्रको विवाद समधानका लागि सुझाब दिन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा गठित कार्यदलले शनिबार अपरान्ह पौने ५ बजे आफ्नो प्रतिवेदन बुझाएको हो।

शनिबार बालुवाटारमा कार्यदलको बैठक बसेर प्रतिवेदनलाई अन्तिम रुप दिएसँगै दुई अध्यक्षलाई बुझाएको हो। 

कार्यदलले प्रधानमन्त्री निवास बालुवाटारमा सो प्रतिवेदन बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

महासचिव विष्णु पौडेलको संयोजकत्वमा बनेको कार्यदलमा स्थायी समिति सदस्यहरू भीम रावल, पम्फा भुषाल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र शंकर पोखरेल रहेका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार