• शनिबार, साउन ३० २०८३

एक हप्ताभित्र नेकपा नयाँ निष्कर्षसहित अगाडि आउँछ : प्रचण्ड


बिहिबार, भाद्र ४ २०७७
745
Shares

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक हप्ताभित्र पार्टीमा नयाँ निष्कर्षसहित अगाडि बढ्ने परिस्थिति निर्माण हुने बताएका छन्।

प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीले पाँच दिनको म्याद तोकेपछि पार्टीभित्रका विवाद मिलाउन कार्यदल बनेको र सचिवालय बैठक पनि बसेको सन्दर्भ जोड्दै प्रचण्डले अबको एक हप्ताभित्र नयाँ निष्कर्ष आउने बताएका हुन्।

पत्रकार भूषण दाहालको ब्रेभा डेल्टा शो कार्यक्रमलाई अन्तर्वार्ता दिँदै प्रचण्डले बुधबार पार्टी एकतातर्फ उन्मुख भएपनि विवाद समाधान भइनसकेको धारणा राखेका हुन्।

‘प्रधानमन्त्रीले एउटा विश्वासका आधारमा पाँच दिनमै नयाँ परिस्थिति बन्छ भन्नु भएको थियो, यसबीचमा हामीले विवाद समाधानका लागि सुझाव दिन कार्यदल बनायौं र सचिवालय बैठक पनि गर्यौं’, प्रचण्डले भने, ‘अब एक हप्ताभित्र नयाँ निष्कर्षसहित जाने परिस्थिति बन्छ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार