• शनिबार, साउन ९ २०८३

निर्वाचन आयोगमा दर्ता भयो नेकपा एमाले


बुधबार, भाद्र ३ २०७७
1000
Shares

बुधबार बसेको निर्वाचन आयोगको बैठकले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेलिनवादी) दर्ता गरेको छ।

आयोगको आज बसेको बैठकले सन्ध्या तिवारी अध्यक्ष रहेको नेकपा एमालेलाई दर्ता गर्ने निर्णय गरेको हो।

मोरङकी तिवारीको अध्यक्षमा दल दर्ता गर्न आयोगमा निवेदन परेको थियो। गत असार १२ गते तिवारीले दल दर्ताका लागि आयोगमा निवेदन दिएकी थिइन्।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले एमाले दर्ता गर्ने निर्णय भएको जानकारी दिए। एमालेले चिन्ह भने पहाडबाट उदाउँदै गरेको सूर्य राखेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार