• शनिबार, साउन ३० २०८३

विवादमा परेको सांसदको लोगो फिर्ता गरियो


बुधबार, भाद्र ३ २०७७
905
Shares


हालै बनाएको संघीय संसद सचिवालयको लोगो डिजाइन अनुसार तयार नभएपछि घरेलु तथा साना उद्योग कार्यालयलाई फिर्ता गरेको छ।

डिजाइन अनुसारको लोगो तयार नभएको भन्दै सचिवालयले मंगलबार बागमती प्रदेशअन्तर्गतको कार्यालयलाई बोलाएर असन्तुष्टि व्यक्त गरेको थियो। सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अुनसार डिजाइन अनुसार लोगो सुधार गर्न फिर्ता पठाइएको हो।

सचिवालयले ३५० थान लोगो बनाउन घरेलु कार्यालयलाई जिम्मा दिएको थियो।कार्यालयले ब्याच पिन तयार गर्ने र नक्सा अद्यावधिक गर्ने जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार