• शनिबार, साउन ९ २०८३

कांग्रेस उपसभापतिकाे कोरोना संक्रमणबाट निधन


मंगलबार, भाद्र २ २०७७
850
Shares

कोरोनाबाट भाइरसको संक्रमणबाट नेपाली कांग्रेसका जिल्ला उपसभापतिको निधन भएको छ । नवलपरासी सुस्ता पश्चिमका ३९ बर्षिय उपसभापति शुभाषचन्द्र गिरीको कोरोनाको कारण निधन भएको हो । 

केही समय अगाडि पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गरेका उनलाई हप्ता दिन अगाडिमात्रै कोरोना पोजेटिभ देखिएको थियो । 

उनको पित्तथैलीको अप्रेशन भैरहवा मेडिकल कलेजमा भएको थियो । अप्रेशन गरेर फर्किएपछि उनलाई कोरोना संक्रमण देखिएको थियो । 

त्यसपछि उनलाई कोरोना अस्पताल बुटबलमा लगिएको थियो । त्यहाँबाट हेलिकोप्टरबाट काठमाडौं आउन खोज्दा हेलिकोप्टरसमेत नपाएको पारिवारिक स्रोतले बताएको छ । 

त्यसैगरी एम्बुलेन्ससमेत नपाएपछि नवलपरासीबाट एम्बुलेन्स मगाएर काठमाडौं आएका थिए । 

उनलाई थप उपचारका लागि साउन ३० गते ललितपुरको पाटनमा ल्याइएको थियो । तर भदौ १ गते सोमबार भेन्टिलेटरमा राखिएको थियो । उनको मंगलबार बिहान मृत्यु भएको हो । 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार