• शनिबार, साउन ९ २०८३

विमलेन्द्रले शेरबहादुरलाई भनेः सभापतिमा म उठ्छु, सहयाेग गर्नुस्


आइतबार, साउन ३२ २०७७
840
Shares

NC seniors leaders holding meeting at the Nepali Congress Parliamentary Party's office at Singha Durbar in Kathmandu, on Tuesday, November 22, 2016. Photo: RSS

महाधिवेशनको तयारी सँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा नेतृत्व हत्याउन दौडधुप सुरु भएको छ।

वर्तमान उपसभापति विमलेन्द्र निधीले शेर बहदुर देउवा बरिष्ठ नेता रामचन्द्र पाैडेलसँग भेटेर आफु सभापतिको उम्मेदवार बन्ने भन्दै सहयोग गर्न आग्रह गरे।

अब हुने १४औं महाधिवेशनपछि पनि सभापति हुने सम्पूर्ण तयारीमा रहेका देउवाले भने निधीलाई ‘एक पटक आफुलाई सभापतिमा सहयोग गर्न’ आग्रह गरेका थिए।

‘१५ औं महाधिवेशनसम्म त म पनि ७० वर्ष पुग्छु, त्यसैले यसै पटक मलाई छोडिदिनुस्, फेरि पनि तपाई आफैं उठ्ने कुरामा पुनर्विचार गर्नुस्’, निधीको भनाइ उधृत गर्दै एक नेताले थपे।

शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधी, डा. शेखर कोइराला, शशांक कोइराला, गगन थापा, कृष्ण सिटौला, प्रकाशमान सिंह लगायतका नेताहरूले कांग्रेसको सभापति पदमा उम्मेदवारी दिने बताइरहेका छन्।

महाधिवेशन नजिकिँदै जाँदा विभिन्न समूहहरू मर्ज भएर पहिलेजस्तै दुई वा तीन समूह बन्ने अपेक्षा अहिले पनि गरिएको छ। त्यस क्रममा सभापतिका दाबेदारहरू घट्दै जानेछन् र अन्तमा दुई वा तीन उम्मेदवार हुने सम्भावना बढी छ।

पार्टीमा उपसभापति वा महामन्त्रीको सिट सुरक्षित गर्ने रणनीति अन्तर्गत अहिले आफुलाई सभापतिकै उम्मेदवारका रुपमा प्रस्तुत गरेर वार्गेनिङ गर्ने क्रम पनि सुरु भएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार