• शनिबार, साउन ९ २०८३

बाबुरामले दिए गोरखा र आँपपिपल अस्पताललाई रगत परिक्षण गर्ने अत्याधुनिक मेसिन


शुक्रबार, साउन ३० २०७७
2.9K
Shares

गाेरखा । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टाराईले गोरखा अस्पताल र आँपपिपल अस्पताललाई रगत परीक्षण गर्ने अत्याधुनिक मेसिन हस्तान्तरण गरेका छन ।

जनता समाजबादी पार्टीका बरिष्ट नेता समेत रहेका डा. भट्टराईले शुक्रबार एक कार्यक्रमका बिच गोरखा अस्पताल सञ्चालक समितिका अध्यक्ष पुरुषोत्तम अर्याललाई साे प्रयोगशाला मेसिन हस्तान्तरण गरेका हुन ।

त्यस्तै शुक्रबार नै आँपपिपल अस्पतालका प्रशासकिय अधिकृत बाबुराम गिरीलाई डा भट्टाराइले साे मेसिन हस्तान्तरण गरेका छन ।

करिब ७ लाख रुपैया पर्ने उक्त मेसिनबाट एकपटकमा ३६ प्रकारका रोगको रगतबाट नमुना परीक्षण गर्न सक्ने क्षमता रहेको बताइएकाे छ ।

चिनको ग्वान्जाओ बायोटेक लिमिटेडको सहयोगमा प्राप्त मेसिन डा. भट्टराईले जिल्लाका दुइ अस्पताललाई हस्तान्तरण गरेकाे जनता समाजवादी पार्टीका गोरखा अध्यक्ष नारायण खत्रीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार