• शनिबार, साउन ९ २०८३

युवा दिवशमा खाद्धान्न बोकेर अनाथ बालबालिका भेट्न गए गोरखाका तरुण


बुधबार, साउन २८ २०७७
1.3K
Shares

गोरखा । अन्तराष्ट्रिय युवा दिवसको अबसर नेपाल दरुण दल गोरखाले अनाथ बालबालिकालाई खाद्धान्न तथा सरसफाईका सामाग्री सहयोग गरेका छन ।

गोरखा नगरपालिका ६ पदेली स्थित बालमन्दिर माध्यामिक विद्यालयको छात्रावासमा बस्ने ११ जना अनाथ बालबालिकालाई तरुण दल गोरखाले खाद्धान्न सहयोग गरेको हो ।

सामाग्री बुधबार गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तले विद्यालयका प्राधानाध्यापक लुमनाथ लामिछानेलाई हस्तान्त्रण गरेका हुन ।

लकडाउनका कारण अन्य सहयोग प्राप्त नहुदा समस्यामा परेका बालबालिकालाई तरुण दलले ८ बोरा चामल, १४ थान हात धुने साबुन, २४ थान ह्याण्ड वास लगायतका सामाग्री सहयोग गरेको क्षेत्रिय सभापति प्रविन बस्नेतले जानकारी दिए ।

कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष नारायणप्रसाद अर्याल, तरुणदलका क्षेत्रीय अध्यक्ष वस्नेत, गोरखा नगर अध्यक्ष दीपक थापा, जिल्ला सदस्य सुमन गुरुङ्ग, उमेश गुरुङ्ग लगायतको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार