• शनिबार, साउन ९ २०८३

जथाभावी विषयगत समितिलाई बैठक नराख्न राष्ट्रिय सभा अध्यक्षको आदेश


मंगलबार, साउन २७ २०७७
845
Shares


काठमाडौं । विषयगत समितिलाई जथाभावी बैठक नराख्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले निर्देशन दिएका छन् ।

कोरोना भाइरसको जोखिम रहेको भन्दै राष्ट्रियसभाका चारवटै समितिका सभापतिलाई बोलाएर उनले यस्तो निर्देशन दिएका हुन् ।
राष्ट्रियसभा अध्यक्षबाट अत्याअवश्यक हुँदा मात्रै पूर्ण सावधानी अपनाएर बैठक राख्नू, अन्यथा नराख्नू भन्ने निर्देशन भएको छ’ विधायन व्यवस्थापन समिति सभापति परशुराम मेघी गुरुङले भने ।

प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति सदस्य प्रदीप यादवलाई कोरोना संक्रमण भएको छ । वैज्ञानिक वन व्यवस्थापनबारे अनुगमनमा गएका यादवसहित संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेलाई पनि कोरोना संक्रमण भएको छ ।

‘यो बेला त्यस्तो अनुगमनमा निस्कनु हुँदैनथ्यो । राष्ट्रिय सभाका समितिहरु पनि जालान् भनेर राष्ट्रिय सभाका अध्यक्षले बेलैमा सचेत गराउनुभएको हो’ एक सभापतिले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार