• शनिबार, साउन ९ २०८३

काँग्रेसको बिभिन्न विभागमा गोरखाका १० नेता मनोनित


मंगलबार, साउन २७ २०७७
1.5K
Shares

गोरखा । नेपाली काँग्रेसको बिभिन्न केन्द्रिय विभागमा गोरखाका १० जना मनोनिति भएका छन । सोमबार सभापति शेर बहादुर देउवाले बिभिन्न विभागमा उनिहरुलाई मनोनित गरेका हुन ।

जसमा उद्योग व्यापार विभागको संयोजकमा गोरखाका चिनकाजी श्रेष्ठलाई मनोनित भएका छन् । पूर्व जिल्ला सभापती, पूर्व सचेतक समेत रहेका केन्द्रिय सदस्य श्रेष्ठले संयोजकको जिम्मेवारी पाउँदा विभिन्न विभागमा गोरखाका अन्यले नेताले पनि अबसर पाएका छन् ।

काँग्रेस केन्द्रिय कार्यालयले दिएको जानकारी अनुसार पार्टीको संगठन बिभाग सदस्यमा पूर्व जिल्ला कोषाध्यक्ष भूगोल थापा, शिक्षा विभाग सदस्यमा डाक्टर हिमलाल घिमिरे, संघिय मामिला तथा प्रदेश समन्वय विभागको सदस्यमा युबराज बस्ताकोटी चयन भएका छन् ।

यसैगरी वित्तिय तथा सहकारी संस्था समन्वय विभागमा सुरेन्द्र भण्डारी, तरुण दल समन्वय विभागमा धुब्र पन्त र मुस्लिम विभागमा बाबुदिन मियाँलाई सदस्य बनाइएको छ ।

यसैगरी जनसम्र्पक विभागको सदस्यमा जगत बराम, ट्रेड युनियन विभागको सदस्यमा नबिन श्रेष्ठ र राज्य प्रशासन विभाग सदस्यमा इमानसिंह बस्नेतले जिम्मेवारी पाएका छन् ।

विभाग गठनलाई तीव्रता दिएका सभापती देउवाले सोमबार पाँच विभागमा संयोजक सहित सदस्यहरूलाई पूर्णता दिएका हुन् ।

देउवाले आइतबार राती पनि विभाग गठन र उपप्रमुख, सचिव र सदस्यहरू मनोनित गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार