• शनिबार, साउन ९ २०८३

विक्रम पाण्डे नेकपा प्रवेश गर्ने चर्चामा कति छ सत्यता ?


आइतबार, साउन २५ २०७७
2.7K
Shares

पछिल्लो केहि दिनयता नेपाली राजनीतिमा विक्रम पाण्डेको चर्चा चुलिएको छ । राजनीतिक दलका हैसियतमा उनि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता हुन ।

गएको प्रतिनिधी सभा चुनावमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) संग चितवनमा चुनाव लडेका पाण्डे अहिले प्रचण्डकै दल नेकपा प्रवेश गर्ने हल्ला पछिल्लाे समय बजारका चोक चोकसम्म पुगेको छ ।

त्यसो त राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का एकजना पूर्वमहामन्त्री सुनिलबहादु थापा सहितका नेता नेपाली कांग्रेस प्रवेश गरेको धेरै दिन बितेको छैन । थापा काँग्रेसमा प्रवेश गरेको चर्चा नसेलाउदै पाण्डे नेकपामा छिर्ने हल्लाले अर्को तरंग ल्याएको छ ।

त्यसो त सो चर्चालाई केहि दिनयता पार्टी नेताहरुकै बैठकमा समेत छलफलको विषय बनाइएको छ।

पार्टीका पूर्वउपाध्यक्ष विक्रम पाण्डे नेकपामा प्रवेश गर्न लागेको विषयले राप्रपामा अर्को बहस सुरु भएको हो।

राप्रपा र राप्रपा (संयुक्त) बीच एकीकरण भएको पाँच महिना हुँदा पनि सुल्झाउन बाँकी रहेका केहि विषयमा सहमति गर्न बिहीबार बसेको नेताहरुको बैठकमा समेत पाण्डे नेकपा प्रवेश गर्न लागेको विषय उठेको थियो।

पूर्वमन्त्री हरिबहादुर बस्नेतको बासँबारीस्थित निवासमा बिहीबार बसेको बैठकमा पाण्डे पनि उपस्थित थिए।

बैठकमा अध्यक्षहरु पशुपति शम्शेर जबरा, डा प्रकाशचन्द्र लोहनी, श्याम तिमल्सिना, विक्रम पाण्डे, ध्रुव बहादुर प्रधान, जयन्त चन्दसहितका नेताहरुको सहभागिता थियो।

बैठकमा एकीकृत पार्टीको चुनाव चिन्ह हलो हुनुपर्ने अडान पूर्व राप्रपा–संयुक्त पक्षले राखेको थियो।

हलो चिन्हमा विशेष जोड दिनेमध्ये पाण्डे पनि थिए। बैठकमा पाण्डेले पार्टी एक हुने नाममा हलो चिन्ह छाड्न नसकिने बताएका थिए।

तर, पाण्डेले भने आफूलाई नेकपा वा कांग्रेस कुनै पनि दलबाट पार्टी प्रवेशको प्रस्ताव नआएको दाबी गरे। पार्टीभित्रका आफ्ना प्रतिद्वन्द्वीहरुले हल्ला चलाएको उनको भनाइ छ।

उनले राप्रपालाई नै एउटा बलियो राष्ट्रवादी शक्ति बनाउन सकिन्छ भन्ने विश्वास व्यक्त गरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार