• शनिबार, साउन ९ २०८३

जनता समाजवादी पार्टीले गरायो भीमसेनमा ध्यानाकर्षण


बुधबार, साउन २१ २०७७
1.1K
Shares

गाेरखा । सेवा प्रवाह र बिकास निर्माणको काम प्रभावकारी बनाउन माग गर्दै जनता समाजवादी पार्टीले भीमसेन थापा गाउँपालिकाको ध्यानाकर्षण गराएको छ ।

गाउँपाटी अध्यक्ष रोहित पाण्डेको नेतृत्वमा गएको टोलीले मंगलबार गाउँपालिका अध्यक्ष ईश्वर पाण्डे समक्ष बुझाएको पत्रमा मनसुनका कारण जोखिममा परेका सम्पूर्ण घर टहरा कुलो र नहरहरुको तत्काल तथ्याङ्क संकलन गरी पिडितलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरिएको छ ।

कोरोना संक्रमितलाई दिइने राहात रकम बितरण गर्न, रोकथामका लागि आबश्यक प्रचार–प्रसार गर्न, गाउँपालिका भित्रका विद्यालयमा निर्माण गरिएको क्वारेन्टिन तत्काल हटाउन आग्रह गरिएको छ ।

भदौ १ गतेदेखि विद्यालय सञ्चालन गर्न सो पार्टीले ध्यानाकर्षण पत्र मार्फत माग गरेको छ । सार्वजनिक सुनुवाई गर्न, बेरुजु भएर आएका योजना खरिद सामाग्रीको बिल मिलाउन भन्दा सम्बन्धित व्यक्तिसंग क्षतिपूर्ति भराउन ध्यानकर्षण पत्रमा मार्फत सुझाव दिइएको छ ।

वडा नम्बर ५ को बगुवामा निर्माण गरिएको फलफुल तथा पशुपन्छी हाटबजार केन्द्रमा कम्तीमा हप्ताको १ दिन हाटबजार सञ्चालन गर्न, एक टोल एक उत्पादनको योजना बनाई कृषकलाई अनुदान उपलब्ध गराउन आग्रह गरिएको छ अनुगमनको काम प्रभावकारी बनाउन, लामाचौरमा निर्माधिन एकिकृत नमुनाबस्तीे काम छिटो सम्पन्न गरी भुकम्प पिडितलाई स्थानान्तरण गर्न माग गरिएको छ । समाजवादी पार्टीले गाउँपालिका स्तरमा १५ बेड क्षमताको अस्पताल निर्माण गरी सञ्चालनमा ल्याउन आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार