• शनिबार, साउन ९ २०८३

सरकार र पार्टी विधि प्रकृयाबाट चल्न सकेन : नारायणकाजी श्रेष्ठ


मंगलबार, साउन २० २०७७
1.3K
Shares

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र पार्टी विधी र प्रकृयाबाट चल्न नसकेको बताएका छन् ।

मंगलबार गृह जिल्ला गोरखामा पत्रकारहरुसंग कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले सोचे अनुसार सरकार र पार्टीमा कुनै पनि काम हुन नसकेको स्विकार गरेका हुन । उनले त्यसलाई तत्काल सच्याउनुको बिकल्प नभएको समेत बताए ।

‘पार्टी र सरकार विचार र नीति, विधि र पद्धतीमा आधारमा त्यति राम्रोसँग चल्न सकेन,’ उनले भने ‘अहिले सबैलाई एकतावद्ध र सुदृढ बनाएर विचार र नीतिका आधारमा पार्टी चलाउनु पर्छ । जनादेशलाई केन्द्रबिन्दुमा राखेर पार्टीको घोषणापत्रलाई कार्यान्व्यन गराउने गरी विधि र पद्धतीका आधारमा सरकार चल्नु पर्छ ।’

पार्टीले केही सराकारात्मक महत्वको काम गरेपनि केही महत्वपूर्ण मुद्धाहरुमा भने चुकेको नेता श्रष्ठले बताए ।

अहिलेसम्म औपचारीक रुपमा प्रधानमन्त्रीको राजिनामा माग नगरिएको उनले दावी गरेका छन् । श्रेष्ठले बाहिर आएका विषय नेताहरुको व्यक्तिगत विचार मात्र भएको स्पष्ट समेत पारेका छन् ।

‘उहाँले एउटा पदबाट वा पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजिनामा दिने भन्ने कुरा अहिलेसम्म पार्टीको औपचारिक प्रस्ताब बनिसकेको छैन,’ श्रेष्ठले भने, ‘छलफलको क्रममा बिकल्पहरु प्रस्तुत भएका हुनसक्छन । त्यो नेताहरुको व्यक्तिगत विचार मात्र हो ।’

नेकपा नेता श्रेष्ठले पार्टीको स्थायी कमिटीको जारी बैठकलाई सुचारु गर्न माग गरेका छन् । पार्टीको पहिलो अध्यक्ष केपि शर्मा ओली बैठकमा आएर आफ्ना सम्पूर्ण कुराहरु राख्नुपर्ने श्रेष्ठको तर्क छ ।

पार्टीको पहिलो अध्यक्ष र प्रधानमन्त्री समेत हुनुको नाताले निकास दिने मुख्य जिम्मेवारी ओलीकै काँधमा रहेको बताउदै सबैले वुद्धि विबेक पु¥याएर अहिलेको अवस्थालाई निकास निकाल्नुपर्ने उनको तर्क छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार