गोरखा । १४ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका पालुङटार नगरपालिका ४ का वडाध्यक्ष ठाकुर कान्त रानाभाटलाई पार्टीले कारबाही गरेको छ ।
तत्कालिन नयाँ शक्ति पार्टीबाट निर्वाचित वडाध्यक्ष रानाभाटलाई जबरजस्ती करणीको आरोप लागी प्रहरीले पक्राउ गरेपछि उनि आवद्ध जनता समाजवादी पार्टीले कारबाही गरेको जनाएको हो ।
जनता समाजवादी पार्टी पालुङटार नगर कमिटीले एक विज्ञप्ती जारी गर्दै उनलाई साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको बताएको छ ।
नगरका कार्यबहाक अध्यक्ष देवीमाया गिरीद्धारा हस्ताक्षरित विज्ञप्तीमा प्रहरी हिरासतमा रहेका रानाभाटको अनुसन्धानमा सहयोग पु¥याउन उनलाई सम्पूर्ण जिम्मेवारीबाट हटाइएको बताइएको छ ।
ति बालिकालाई उनले विगत दुई महिनादेखि यौन शोषण गर्दै आएको समेत आरोप लगाइएको छ ।
वडाध्यक्ष रानाभाटलाई सोमबार साँझ जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएको विशेष टोलीले पालुङटार ४ बाटै पक्राउ गरेको बताइएको छ ।
हेर्नुस जनता समाजवादीकाे विज्ञप्ती
