गोरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बुधबार ४ सय ७९ जना सदस्यहरुलाई पार्टीको ज्येष्ठ राजनीतिज्ञ सभामा मनोनयन गरेका छन् ।
उनले पार्टीको नियमावली २०७६ को नियम ५० बमोजिम सो मनोनयन गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
देउवाले ज्येष्ठ राजनीतिज्ञ सभामा मनोनयन गरेका ४७९ मध्ये गोरखाका ८ जना परेका छन ।
जसमा चेत बहादुर राना, चेतमान श्रेष्ठ, झ्याम्याङ दाेर्जे लामा, टेक प्रसाद बगाले रहेका छन । त्यस्तै टिकाराम अधिकारी, पदम प्रसाद न्याैपाने, यम प्रसाद कडेंल र रत्नकुमार श्रेष्ठ रहेकाे बताइएकाे ।
हेर्नुस पूर्ण विवरण :
https://drive.google.com/file/d/1J3qHXdZl8nMpH1_mVyYOyRgcYoZrYMZw/view