काठमाडौ । राप्रपाका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिल बहादुर थापा राप्रपा छोडेर कांग्रेस प्रवेश गरेका छन्।
थापालाई सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमबीच स्वागत गरेका हुन्।
पूर्वमन्त्रीसमेत रहेका थापासहित ५० जना राप्रपाका नेता तथा कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका हुन्। थापासँगै राप्रपाका ९० भन्दा धेरै नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन्।