• शनिबार, साउन ९ २०८३

राप्रपा छोडेका थापासहितको जम्बो टोली भाेली कांग्रेस प्रवेश गर्ने


सोमबार, साउन १२ २०७७
1.2K
Shares

शनिबार मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेका पूर्वमहामन्त्री सुनिलबहादुर थापासहितको जम्बो टोली नेपाली कांग्रेसमा प्रवेश गर्ने भएको छ।

थापासहितको ३१ जनाको टोली भाेली मंगलबार कांग्रेस प्रवेश गर्नलागेको हो।

कांग्रेस प्रवेश गर्नलागेका थापालगायत नेताहरुको पदीय जिम्मेवारीबारे भने छलफल भइरहेको ती नेताले बताए।

थापासहित केही केन्द्रीय तथा स्थानीय नेताले पार्टीमा वैचारिक सिद्धान्त नमिलेको भन्दै पार्टी परित्याग गरेको घोषणासहित शनिबार विज्ञप्ति जारी गरेका थिए।

विज्ञप्तिमा राप्रपा समावेशी हुन नसकेको, सिद्धान्त छोडेको, सबल नेतृत्व नभएको लगायतका आरोपहरु लगाइएको छ।

राप्रपा छोड्नेमा सुनिलबहादुर थापा, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, वृजलाल यादव, किरण गिरीलगायत छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार