• शनिबार, साउन ९ २०८३

भट्टराईकाे प्रस्ताव : अपराधको संरक्षण गर्ने न्यायाधीशलाई महाअभियोग लगाऔं


शुक्रबार, साउन ९ २०७७
925
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले अपराधलाई संरक्षण गर्ने न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका छन् ।

आफ्ना धारणा बुँदागत रुपमा ट्वीटरमार्फत् सार्वजनिक गर्दै उनले प्रधानमन्त्री केपी ओलीलाई विदा गरेर नेकपा भित्रैबाट अर्को व्यक्तिलाई प्रधानमन्त्री चयन गर्न पनि भनेका छन् ।

सर्वोच्च अदालतले जेल सजायँ कटौती गरिदिएपछि पूर्वडीआईजी रञ्जन कोइराला रिहा भएको भोलिपल्टै डा. भट्टराईले न्यायाधीशमाथि महाअभियोग लगाउन प्रस्ताव गरेका हुन् ।

समाजवादी पार्टीका वरिष्ठ समेत रहेका डा. भट्टराईले देश गम्भीर संकटतिर जान लागेको बताएका छन ।

साथै उनले भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गर्न र प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जान पनि प्रस्ताव गरेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार