गोरखा । आज नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवस। नेपालका कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रम आयोजना गरी उनको योगदानको चर्चा गरेका छन ।
दाजु गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएपछि मध्यमवर्गीय परिवारका पुष्पलालमा राणाविरोधी चेतना जागृत भएको थियो। २००६ साल वैशाख १० गते उनले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।
दिवशकै अवसरमा गोरखामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएकाे छ । नेपाल कम्युनिष्ट पार्टीले गोरखा सदरमुकाम स्थित पार्टी कार्यालयमा कार्यक्रम गरेकाे हाे ।
कार्यक्रमलाई सम्बाेधन गर्दै पार्टीका केन्द्रीय सदस्य एवं संगठन विभागका सदस्य हरीराज अधिकारीले कम्युनिष्टहरु आत्मनिर्भर बन्नुपर्ने बताएका छन् ।
आफ्नो स्रोतसाधन हुँदाहुँदै सानो बस्तुका लागि पनि समय खर्च गरेर हात थाप्ने काम गर्न कम्युनिष्टले नहुने उनको भनाई छ ।
प्रतिनिधी सभा सदस्य समेत रहेका अधिकारीले राहतको आस गर्नु भन्दा पनि आत्मनिर्भर भए कम्युनिष्ट नीति कार्यान्वयन हुने बताए ।
कार्यक्रममा नेकपा गोरखा जिल्ला इञ्चार्ज कृष्ण धिताल, प्रदेश सदस्य सम्झना देवकाटाले लगायतले बाेलेकाे सचिवालय सदस्य अंकुर तिमिल्सिनाले जानकारी दिए ।