• शुक्रबार, असोज ९ २०८३

सचिवालय बैठकलगत्तै किन पुगे ओली र प्रचण्ड राष्ट्रपति निवास ?


शनिबार, साउन ३ २०७७
1.1K
Shares

काठमाण्डाै । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्।

पार्टीको सचिवालय बैठक सकिएलगत्तै दुई अध्यक्ष शितलनिवास पुगेका हुन्।

एक नेताका अनुसार दुई अध्यक्षसँगै पार्टी महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जर्नादन शर्मा पनि सचिवालय बैठक सकेर शितल निवास पुगेका छन्।

पार्टीमा सिर्जित विवादबारे चार घण्टा लामो बैठकमा भएको छलफलपछि नेताहरु राष्ट्रपति भेट्न जानुलाई अर्थपूर्णरुपमा लिइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार