• शुक्रबार, साउन ८ २०८३

निर्वाचनका बेला सार्वजनिक बिदामा पनि आयल निगमका डिपो खुला रहने


आइतबार, फाल्गुन १७ २०८२
1.1K
Shares

काठमाडौं । नेपाल आयल निगमले २१ फागुनमा तय प्रतिनिधिसभा निर्वाचनका क्रममा पेट्रोलियम पदार्थ आपूर्ति र वितरण प्रभावकारी बनाउन सार्वजनिक बिदाका दिनमा पनि आफ्ना विभिन्न प्रादेशिक कार्यालय तथा डिपो खुला राख्ने भएको छ ।

सरकारले निर्वाचनका लागि २० देखि २२ फागुनसम्म देशभरि सार्वजनिक बिदा दिने निर्णय गरेका सन्दर्भमा इन्धनको सहज उपलब्धता सुनिश्चित गर्न निगमले यस्तो विशेष व्यवस्था गरेको हो ।

निगमका अनुसार कोशी प्रादेशिक कार्यालय विराटनगर फागुन २२ र २४ गते खुला रहने छ भने मधेश प्रादेशिक कार्यालय अमलेखगञ्ज फागुन १९, २० र २३ गते सञ्चालनमा आउने छ ।

त्यसैगरी बाग्मती प्रादेशिक कार्यालय थानकोटले बिदाकाे दिन १८ फागुनमा पेट्राेलियम पदार्थ बिक्री गर्ने छ भने  २० र २३ गते खुला रहने छ । उताऽ गण्डकी प्रादेशिक कार्यालय पोखरा फागुन २०, २३ र २४ मा खुला रहनेछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार