गोरखा । आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा बाट गोरखा क्षेत्र नम्बर १ मा सुधन गुरुङले उम्मेदवारी दिएका छन् भने क्षेत्र नम्बर २ मा कबिन्द्र बुर्लाकोटीले मनोनयन दर्ता गराएका छन् ।
मंगलवार प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्वर १ र २ को निर्वाचन अधिकृतको कार्यालय पुगेर उनिहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।