• शुक्रबार, साउन ८ २०८३

गोरखा २ बाट बाबुराम भट्टराईले उम्मेद्वारी दिने


मंगलबार, माघ ७ २०८२
1.1K
Shares

गोरखा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई गोरखा २ बाट उम्मेद्वार बन्ने भएका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट उनि उम्मेदवार बन्न लागेका हुन् ।

उनि खुलेको आँखा चिन्ह लिएर उम्मेदावार बन्ने बताइएको छ । डा भट्टराईले सोमबार पत्रकार सम्मेलन गर्दै समयको सान्दर्भिकता र समुदायको माग भएकाले उम्मेदवारी दिन लागेको प्रतिकृया दिएका छन् ।

‘नयाँ पुस्तालाई अघि सार्नुपर्छ भन्ने प्रयत्न गरेर पार्टीमा म संरक्षकको भूमिकामा मात्र छु, निर्वाचनको हकमा पनि सकभर नयाँलाई अघि सारेर जान पाए हुन्थ्यो भन्ने हो,’ उनले भने, ‘तर देशको राजनीति अझै तरल अवस्थामा रहेको र जटिल भू राजनीतिक परिस्थितीले मेरो आवश्यकता छ भन्ने महशुस गरायो ।’

यसअघि उनि २०६४ र २०७४ मा गोरखा २ र २०७० मा गोरखा १ बाट निर्वाचित बनेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार