• शुक्रबार, साउन ८ २०८३

गोरखामा बराम समुदायको वृहत भेला, १७ बुँदे अडान पत्र पारित


सोमबार, पुष ७ २०८२
2K
Shares

गोरखा । गोरखामा बराम समुदायको दुई दिने वृहत भेला सम्पन्न भएको छ । नेपाल बराम संघले बराम उत्थान केन्द्रसंगको सहकार्यमा भेला आयोजना गरेको हो । गोरखाको भीमसेनथापा गाउँपालिकाको केन्द्र खान्चोकमा भएको भेलाबाट १७ बुँदे बराम अडान पत्र पारित भएको छ ।

आदिवासी जनजाति आयोगका सदस्य सूर्यबहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले गोरखाको भीमसेनथापा, आरुघाट र बारपाक सुलिकोट गाउँपालिकालाई ‘बराम स्वयत्त क्षेत्र’ घोषणा गर्न भनी अदालतले सम्बन्धित निकायलाई दिएको आदेश कार्यान्वयन गराउन निरन्तर पहल गर्ने निर्णय गरेको छ ।

त्यस्तै बराम समुदायको सामाजिक, आर्थिक र साँस्कृतिक पक्षको विकास र उत्थानका लागि स्थानीय तहले छुट्टै ऐन बनाउनुपर्ने तथा विशेष कार्यक्रम संचालन गर्नुपर्ने माग अडानपत्रमा छ ।

भेलामा अति सीमान्तकृत बराम समुदायहरुको सामाजिक, आर्थिक र शैक्षिक अवस्थाको बारेमा छलफल गरी विभिन्न निश्कर्ष निकालिएको बराम संघका सल्लाहकार जगत बरामले बताए ।

भेलामा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सदस्य सचिब ज्ञानेन्द्र पुन, आरुघाट गाउँपालिकाको अध्यक्ष राजु गुरुङ, उपाध्यक्ष कल्पना नेपाली, बारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्ट, भीमसेनथापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जारा तथा उपाध्यक्ष अमृता वस्ती लगायतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार