• शनिबार, साउन ९ २०८३

युपिआर प्रतिवेदनका लागि गोरखामा सुझाव संकलन


मंगलबार, मंसिर १० २०८२
825
Shares

गोरखा । गोरखामा संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद्ले सार्वजानिक गर्ने सार्वभौमिक आवधिक समीक्षा (युपिआर) प्रतिवेदनका लागि सुझाव संकलन गर्ने उदेश्यले प्रदेश स्तरीय गोष्ठी आयोजना गरिएको छ ।

नेपाल मुस्लिम महिला कल्याण समाजको आयोजना तथा आदिबासी जनजाती महिला मञ्च, एसिया दलित अधिकार मञ्चको समन्वयमा कार्यक्रम भएको हो । समाजकी केन्द्रीय अध्यक्ष सीमा खानको अध्यक्षता तथा गोरखा नगरपालिकाको प्रमुख कृष्णबहादुर मगरको प्रमुख आतिथ्यतामा कार्यक्रममा बोल्ने अधिकांश वक्ताले बालअधिकार, महिला अधिकारको सवालबारे चर्चा गरेका थिए ।

कार्यक्रममा बोल्दै जिल्लाका सरोकारवालाहरुले बालबिबाहको अबस्था अहिले पनि विद्यमान रहेको भन्दै सचेतनामुलक कार्यक्रम सञ्चालनको आवश्यकता औंल्याएका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले बालविवाह सम्बन्धि नेपालको कानून परिमार्जन गर्दा सान्र्दभिकता हुनेमा जोड दिएका थिए । पछिल्लो समय नेपालमा बिबाहको उमेर परिवर्तन चर्चा चलेको समेत चल्ने गरेको छ । हाल २० वर्ष पुरा भएपछि मात्र बिबाह गर्न पाउने कानूनी प्रावधान छ । यसलाई घटाएर १८ वर्षमा झार्नुपर्ने बहस सुरु भएको हो ।

कार्यक्रममा बौल्दै नगरप्रमुख रानाले महिलाहरुको हित र शसक्तिकरणमा जोड दिनु पर्ने बताए । उप्रमुख मसलीमायाँ थोकरले महिलाहरुलाई खुलेर बाहिर आउन आग्रह गरिन् । कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष राजेन्द्रकुमार जोशी, प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठ, पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाल, मौलानाहरु बसिर मिया, निजामुदिन मिया, मुस्लिम एकता समाजका अध्यक्ष जमिल मिया, गोरखा मुस्लिम युवा समाजका अध्यक्ष एवं पत्रकार मोहसिन अलि मियाँ लगायतले मन्तव्य राखेको मोहम्मद कलाम मियाँले जानकारी दिए ।

कार्यक्रममा अन्तरपुस्ता महिलाबादी सञ्जालकी सदस्य रिता शाहले सहभागीलाई सहजीकरण गरेकी थिइन् । कार्यक्रममा धादिङ, गोरखा, लम्जुङका लक्षिय समुदायका महिलाहरुको सहभागीता रहेको थियो ।

कार्यक्रम एवं छलफलबाट प्राप्त सुझावलाई राष्ट्रसंघको मानव अधिकार परिषद्ले सार्वजानिक गर्ने सार्वभौमिक आवधिक समीक्षा (युपिआर) को लागि पेश गरिने खानले जानकारी दिइन् । कार्यक्रममा सहभागीलाई बालविवाह, यसको अवस्था, सामाजिक परम्परा, चुनौती र भावी रणनीतिका बारे प्रशिक्षण समेत गराइएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार