गोरखा । महिला उद्यमी संघ नेपाल गोरखाको अध्यक्षमा सिर्जना पाण्डे चयन भएकी छिन् । शनिबार सम्पन्न चांैथो साधारण सभा एवं दोस्रो अधिवेशनले पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा शारदा खत्री, सचिवमा जुना सुनार, कोषाध्यक्षमा अस्मिता कट्टेल, सह–सचिवमा गीता देबकोटा, सह–कोषाध्यक्ष निर्मला पोखरेल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा सानु माया थापा, सिर्जना कोइराला, रमा बस्नेत, सुनिता श्रेष्ठ चयन भएकी छिन् । अधिवेशनबाट सुमती श्रेष्ठ र सर्मिला घिमिरेलाई मनोनित भएका छन् ।
संघकी अध्यक्ष रिता रेग्मीका अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका नगर उपप्रमुख मसली माया थोकरको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा महिला उद्यमी संघ नेपाल गण्डकी प्रदेशको अध्यक्ष पार्वती पौडेल रेग्मी, गोरखा नगरपालिकाको निर्वतमान उपप्रमुख बिना कुमारी श्रेष्ठ, गोरखा नगरपालिका–१३ की अध्यक्ष मित्रा परियार, उद्योग वाणिज्य संघ गोरखाका महासचिव चन्दनबाबु खत्री, गोरखा टेलरिङ एन्ड व्यवसायी संघका अध्यक्ष बिकास परियार, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष नरेन्द्र ढकाल, ओमन अफ चेम्बर कर्मस गोरखाकी अध्यक्ष पूर्ण कुमारी शाही, संघकी साधारण सदस्य गिता देवकोटा लगायतले मन्तव्य राखेका थिए ।