काठमाण्डाै । गृह मन्त्रालयले ‘जेन–जी’ आन्दोलनमा ज्यान गुमाएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ ।
नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेपछि शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेका हुन् । शोक दिवस कुन दिन मनाउने भन्ने मन्त्रिपरिषद्ले निर्णय लिने उनको भनाइ छ ।
आन्दोलनका क्रममा ज्यान गुमाएकाका परिवारलाई काजकिरिया खर्चबापत प्रतिपरिवार एक लाख रुपैयाँ उपलब्ध गराउने तथा मृतकको शव घर–ठेगानासम्म पुर्याउने निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिए ।