• शुक्रबार, साउन ८ २०८३

पत्रकार सम्मेलनमै कुटिए जेनजीका अगुवा सुदन गुरुङ


आइतबार, भाद्र २९ २०८२
1.7K
Shares

आफूलाई जेनसी समूहको नेतृत्वकर्ता बताउँदै आएका हामी नेपाल नामक गैरसरकारी संस्थाका सञ्चालक सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात भएको छ।

रिपोर्टर्सक्लबमा सञ्चारकर्मीहरूलाई हप्कीदप्की गरेपछि उनीमाथि हातपात र धकेलाधकेल भएको हो।

अहिले प्रहरी पुगिसकेको छ। उनलाई प्रहरी र उनका केही समर्थकले पत्रकार सम्मेलन भएकै कक्षको एक कुनामा घेरेर राखेको छ।

गुरुङको पत्रकार सम्मेलनमा हात हालाहालको स्थिति सृजना भएको छ ।

पत्रकार सम्मेलनमा एक पत्रकारले ७० वर्षको ‘बा’लाई हटाएर ७३ वर्षको ‘आमा’लाई ल्याएर कसरी परिवर्तन भयो? भन्ने प्रश्नमा सुदनले आक्रोषित हुँदै पत्रकारलाई जवाफ फर्काएका थिए।

‘८० वर्षको नेपाल परिवर्तन भएको छ यो परिवर्तन होइन?  के कुरा गरेको तपाईंले? भन्दै झर्किएका थिए। त्यसपछि पत्रकारहरूले थर्काएको? भन्दै उनलाई घेरे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार