• शुक्रबार, साउन ८ २०८३

साँसद पद गुम्ने वित्तिकै सुमनाले छाडिन् रास्वपा


आइतबार, भाद्र २९ २०८२
1.2K
Shares

काठमाडौं । प्रतिनिधी सभा विगठन भएको भोलीपल्टै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन् ।

रास्वपा छोडेको जानकारी दिँदै उनले भनिन् ,’ अब खुल्लारुपमा आक्रमण गर्ने हो भने पनि सजिलो बनाइदिएको छु । मनलाग्दी चलुन्जेल मनलाग्दी गर्नुहोला । मैले पार्टी छाँडे ।’

पार्टी केन्द्रीय समितिलाई जानकारी गराउँदै उनले पार्टी नेतृत्वले गल्तीमाथि गल्ती गर्न तर कहिल्यै गल्ती स्वीकार नगर्ने गरेको उनको भनाइ छ । उनले आफूलाई यो स्वीकार्य नभएकोले पार्टी छोडेको जानकारी गराएकी छन् । ‘गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनु पर्ने रु’ उनले भनेकी छन् , ‘पार्टीभित्र आलोचना गर्नेहरूका विरूद्धमा मिडिया ट्रायल गर्ने ।’

पार्टीभित्र आलोचना गर्नेविरुद्ध मिडिया ट्रायल गरेर दुस्ख दिने र सबैभन्दा माथि नेतालाई राख्ने गरिएको उनको भनाइ छ । ‘जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ’, उनले भनेकी छन् ।

शुक्रबार राती प्रधानमन्त्री सुशीला कार्कीको सपथ ग्रहण कार्यक्रममा उपस्थित भएकी सुमना वर्तमान अन्तरिम सरकारमा मन्त्री बन्ने समेत चर्चा छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार