काठमाडौं । हिजोदेखि सुरु भएको जेन–जी आन्दोलन आज मंगलबारसम्म आइपुग्दा देशभर फैलिएको छ ।
हिजो सोमबार देशका मुख्य शहरहरुमा मात्रै सिमित रहेको आन्दोलनमा आज बिहानबाटै देशभरका जिल्ला जिल्लामा युवाहरुको प्रर्दशन सुरु भएको हो ।
१९ जनाको मृत्यु र ४ सय भन्दा बढी घाइते हुने गरी भएको हिजोको घटनापछि आज देशभर जेन–जी आन्दोलनले उग्र रुप लिएको हो । आज राजनीतिक दलका शिर्ष नेता तथा तिनका पार्टी कार्यालयहरुमा समेत आगजनी र तोडफोड भइरहेको छ ।