काठमाडौं । गोरखा घर भएकी इन्जिनियर रस्मिता बन्जारा सेन्टर फर डेमोक्राटिक इन्जिनियर्स नेपाल (सिडेन) को केन्द्रिय कोषाध्यक्षमा उम्मेदवार बनेकी छिन् ।
सिडेनको आठौं कार्यसमिति निर्वाचनमा उनि धनेन्द्र केसी नेतृत्वमा केन्द्रिय कोषाध्यक्ष पदका लागि उम्मेदवार बनेकी हुन्।
नेपाली काँग्रेसको शुभेच्छुक संस्था सिडेनमा लोकप्रिय नेतृको छवि बनाएकी बन्जारा देशभरका इन्जिनियरमाझ परिचित छिन् ।
लोकतान्त्रिक विचारमा आस्था राख्ने अभियन्ता र इन्जिनियरलाई एकतावद्ध बनाउँदै सिडेनलाई सुशासन र आर्थिक रुपमा शसक्त बनाउने आफ्नो लक्ष्य रहेको उनले सिभिलखबरलाई बताइन् ।
केसीको नेतृत्वबाट सिडेनको कोषाध्यक्षमा बन्जारासहित उपाध्यक्षमा सागर शम्शेर शाही, महासचिवमा भुपेन्द्र श्रेष्ठ, उप–महासचिवमा सन्तोष नेपाल उम्मेदवार बनेका छन् ।
आगामी भदौ १४ गते हुने निर्वाचनमा आफ्नो टिमलाई मतदान गर्न समेत कोषाध्यक्षकी उम्मेदवार बन्जाराले अनुरोध गरेकी छिन् ।