काठमाडौँ । नेपाली कांग्रेसको शुभेच्छुक संस्था ‘सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स’ (सीडेन) को आठौँ केन्द्रिय कार्यकारिणी समिति र तेस्रो बागमती प्रदेश कार्यकारिणी समितिका लागि दुई प्यानलवीच प्रतिस्पर्धा हुने निश्चित भएको छ।
पार्टीको संस्थापन पक्षबाट केन्द्रमा रवि भूषण झाको नेतृत्वमा प्यानल बनाइएको छ। झाको प्यानललाई पार्टी सभापति शेरबहादुर देउवासहित नेता प्रकाशमान सिंह लगायत संस्थापन पक्षको समर्थन छ।
झाको प्यानलबाट केन्द्रको उपाध्यक्षमा मदन पुरी, महासचिवमा सुदर्सन शर्मा, उप महासचिवमा खगेन्द्र अवस्थी र कोषाध्यक्षमा सुजित कोइराला उम्मेदवार बनेका छन्।
त्यस्तै संस्थापन पक्षबाटै बागमती प्रदेश समितीको सभापतिमा सुजन भट्टको नेतृत्वमा प्यानल घोषणा गरिएको छ । जसको उपसभापती मनिष पन्थ, सचिवमा आशिष थापा, सहसचिवमा राजेश यादव र कोषाध्यक्षमा स्वस्तिका कार्की उम्मेदवार बनेका छन ।
यसैगरी सदस्यहरुमा सतीश तिवारी, जानकी रमण सिंह, भिम बहादुर साउद, नितेश ठाकुर, प्रकाश पुन, सुरक्षा पुडासैनी, प्रविण कुमार महतो, मनिष घिमिरे, दावा तामाङ र रामकान्त जोशीले उम्मेदवारी दिएको बताइएको छ ।
अधिवेशन भदौ १४ गते शनिबार हुँदैछ ।