• शनिबार, साउन ९ २०८३

गोरखामा जेसीज सप्ताह सम्पन्न


आइतबार, भाद्र ८ २०८२
935
Shares

काठमाडौं । गोरखा जेसीजले आयोजना गरेको जेसीज सप्ताह सम्पन्न भएको छ । भदौ १ गतेदेखि सुरु भएको सप्ताह बिभिन्न कार्यक्रम गरी सम्पन्न भएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबाट उद्घाटन गरिएको जेसीज सप्ताह गण्डकी प्रदेश सभा नेपाली काँग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले समापन गरेका हुन् ।

गोरखा जेसीजको अध्यक्ष सुमन गुरुङको अध्यक्षता भएको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख सचेतक न्यौपानेले युवाहरुले समाजमा सकरात्मक सन्देश प्रवाहमा भूमिका खेल्नु पर्ने बताए ।

अहिले सामाजिक मूल्य मान्यता, परम्परा र संस्कार हराउँदै गएको भन्दै उनले यसको जगेर्ना र संरक्षणमा युवाहरु लाग्नुपर्ने तर्क गरे ।

स्वदेशमै आत्मनिर्भर र स्वरोजगारको बाटोमा लाग्न युवाहरुलाई प्रेरित र सहयोग गर्न स्थानीय, प्रदेश र संघ सरकारले विशेष कार्यक्रम ल्याउन जरुरी रहेको न्यौपानेको भनाई छ ।

साथै उनले पछिल्लो समय सामाजिक सञ्जालहरुमा सकरात्मक भन्दा नकरात्मक सूचना तथा सन्देशहरु प्रवाह भइरहेकाले यसलाई रोक्न युवाहरुले भूमिका निर्वाह गर्नुपर्ने बताए ।

यसैगरी सिरानचोक गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले जेसीजले युवाहरुको नेतृत्व बिकास गर्नुका साथै सामाजिक काममा अग्रसर गराउनु भएकाले यसको विस्तार गाउँगाउँसम्म गर्नुपर्नेमा जोड दिए ।

गोरखा नगरपालिकाकी उपप्रमुख मसली मायाँ थोकरले जेसीजमा महिला सहभागिता बढाउन जोड दिदै नेतृत्व विकासमा भूमिका खेल्न आग्रह गरिन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै भुमि समस्या समाधान आयोगका अध्यक्ष राजनराज पन्तले गोरखा जेसीजको विस्तार र विकासमा आफू गोरखा नगरपालिकाको मेयर रहँदा खेलेको भूमिकाको स्मरण गरे । गोरखा जेसीजको भवन पन्त मेयर रहँदा गोरखा नगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको थियो ।

कार्यक्रममा जेसीजका केन्द्रीय महासचिव बिकेशलाल श्रेष्ठ, उद्योग वाणिज्य संघका अध्यक्ष भगवानबाबु मास्के, जेसीसका पूर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष नरेन्द्र ढकाल, जेसीसका पूर्व अध्यक्ष एवं सहिद लखन ७ का अध्यक्ष शरण श्रेष्ठ, कार्यकारी उपाध्यक्ष रचन परियार लगायतले मन्तव्य राखेका थिए ।

साथै समापन कार्यक्रमका अवसरमा जेसीज सप्ताह सम्पन्न गर्न भूमिका खेल्ने बिभिन्न् ब्यक्तित्व तथा संघसंस्थालाई सम्मान समेत गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार