• शनिबार, साउन ९ २०८३

१९ औं सूचना दिवसमा सूचनाको हक संरक्षणका लागि सडक सभा गरिँदै


आइतबार, भाद्र १ २०८२
860
Shares

काठमाडौं । सूचनाको हक संरक्षणका लागि सडक सभा आयोजना गरिने भएको छ । सूचनाको हकका लागि राष्ट्रिय महासंघले १९ औं राष्ट्रिय सूचना दिवसका अवसरमा सडक सभा आयोजना गर्न लागेको हो ।

भदौ ३ गते बिहान ७ बजे काठमाडौंको माइतीघर मण्डलामा सूचनाको हक संरक्षणका लागि सडक सभा आयोजना गर्न लागिएको महासंघका केन्द्रिय अध्यक्ष उमिद बागचन्दले जानकारी दिए ।

कार्यक्रममा सहभागिताका लागि महासंघले आम सूचनाका अभियान्ता, सञ्चारकर्मी तथा आम नागरिकलाई आह्वान समेत गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार