• शनिबार, साउन ९ २०८३

गोरखाका युवालाई कर्पोरेट र डिजिटल मार्केटिङ सम्बन्धि तालिम दिइयो


आइतबार, असार १ २०८२
940
Shares

गोरखा । गोरखामा कर्पोरेट मार्केटिङ र डिजिटल मार्केटिङ सम्बन्धि तालिम सम्पन्न भएको छ । गोरखा नगरपालिकाको उपप्रमुख सबल नेतृत्व विकास कार्यक्रमको सहयोगमा नेपाल युवा संस्था सञ्जाल (आयोन) ले गोरखा सदरमुकाममा ३ दिने तालिम दिएको हो ।

कर्पोरेट र डिजिटल मार्केटिङ सम्बन्धी तालिमले व्यवसाय, संस्था तथा व्यक्तिहरूलाई आधुनिक मार्केटिङका विधि, प्रविधिको प्रयोग, रणनीति निर्माण लगायतका बारे सीप विकास गराएको आयोजकको विश्वास छ ।

तालिममा व्यवासय सञ्चालनको सम्भाब्यता अध्ययन, ब्यवस्थापन, ग्राहकको रुची, प्रचारप्रसार रणनीति, बजार अनुसन्धान, सामाजिक सञ्जालको प्रयोग, ब्यवस्थापन, एआईको प्रयोग, अनलाइन मार्केटिङ लगायतका बिषय र क्षेत्रमा प्रशिक्षण दिइएको थियो ।

तिन दिने तालिममा दोर्ण पराजुली, आरके ढुंगाना लगायतले सहजीकरण गरेको आयोनका अध्यक्ष सुजाता बरालले बताइन् ।

गोरखा सदरमुकाममा बिभिन्न ब्यवसाय, तथा संघसंसथाहरुमा संलग्न ३० जना भन्दा बढी युवाहरुको सहभागितामा तालिम सञ्चालन गरिएको बताइएको छ ।

तालिमले आधुनिक प्रविधीसंग परिचित गराएको र आगामी दिनमा यसले आफ्नो दैनिक कार्य, ब्यवसाय लगायतमा टेवा पुग्ने सहभागीले बताएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार