• शनिबार, साउन ९ २०८३

कर्पोरेट र डिजिटल मार्केटिङ सिकाउन गोरखामा तालिम सुरु


शनिबार, जेष्ठ ३२ २०८२
1.3K
Shares

गोरखा । गोरखामा कर्पोरेट मार्केटिङ र डिजिटल मार्केटिङ सम्बन्धि तालिम सुरु भएको छ । गोरखा नगरपालिकाको उपप्रमुख सबल नेतृत्व विकास कार्यक्रमको सहयोगमा नेपाल युवा संस्था सञ्जाल (आयोन) ले गोरखा सदरमुकाममा ३ दिने तालिम सुरु गरेको हो ।

कर्पोरेट र डिजिटल मार्केटिङ सम्बन्धी तालिमले व्यवसाय, संस्था तथा व्यक्तिहरूलाई आधुनिक मार्केटिङका विधि, प्रविधिको प्रयोग, रणनीति निर्माण लगायतका बारे सीप विकास गराउने आयोजकको विश्वास छ ।

तालिममा व्यवासय सञ्चालनको सम्भाब्यता अध्ययन, ब्यवस्थापन, ग्राहकको रुची, प्रचारप्रसार रणनीति, बजार अनुसन्धान, सामाजिक सञ्जालको प्रयोग, ब्यवस्थापन, एआईको प्रयोग, अनलाइन मार्केटिङ लगायतका बिषय र क्षेत्रमा जानकारी दिने आयोनका अध्यक्ष सुजाता बरालले बताइन् ।

तिन दिने तालिममा दोर्ण पराजुली, आरके ढुंगाना लगायतले सहजीकरण गर्ने बताइएको छ ।

गोरखा सदरमुकाममा बिभिन्न ब्यवसाय, तथा संघसंसथाहरुमा संलग्न ४० जना भन्दा बढी युवाहरुको सहभागितामा तालिम सञ्चालन गरिएको कार्यक्रम संयोजक हरि देवकोटाले बताए ।

गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकरको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा नगरप्रमुख कृष्णबहादुर राना मगर, प्रमुख प्रशासकीय अधिकृत एकदेव खनाल लगायतले मन्तब्य राखेका थिए । तालिम आइतबारसम्म चल्ने बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार