• शनिबार, साउन ९ २०८३

मुस्लिम समुदायले मनाए बकर इद


आइतबार, जेष्ठ २६ २०८२
800
Shares

काठमाडौं । मुस्लिम समुदायले बकर इद पर्व मनाएका छन् । दोस्रो ठूलो पर्वका रुपमा मुस्लिम समुदायले शनिबार यो पर्व धुमधामका साथ मनाएका हुन् ।

बकर इदमा विशेष गरे अल्लाहको नाममा पशु बली दिने प्रचलन छ । तीन दिनसम्म मनाइने यस पर्वलाई ‘इद–उल–अजहा’ पनि भन्ने गरिन्छ । यो पर्वसंग हज पनि जोडिएको छ ।

अहिले संसारभरबाट साउदीको मक्का र मदिनामा हजका लागि मुस्लिम समुदाय भेला भएका छन् । नेपालबाट पनि यस बर्ष झण्डै १ हजार २ जना हजयात्री मक्का पुगेका छन् ।

बकर इदकै अवसरमा राष्ट्रपनि रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे लगायतले शुभकामना दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार