• शनिबार, साउन ९ २०८३

गोरखाका महिलालाई राष्ट्रनिर्माताको मूर्ति बनाउने कला सिकाइयो


मंगलबार, जेष्ठ २१ २०८२
845
Shares

गोरखा । गोरखाका महिलालाई राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको मूर्ति बनाउने कला सिकाइएको छ । गोरखा उधोग बाणिज्य संघ अन्तरगत रहेको महिला उद्यमी संघ नेपाल गोरखाको आयोजना तथा गोरखा नगरपालिकाको आर्थिक सहयोगमा गत जेठ ९ गतेबाट संचालन भएको एड्भान्स तालिम आइतबार सम्पन्न भएको हो ।

एक हप्तासम्म संचालन भएको तालिममा माटोबाट पृथ्वी नारायण शाहको मूर्ति बनाउन र फ्रेमिङ गर्न सिकाइएको महिला उद्यमी संघ नेपाल गोरखाकी सचिव सिर्जना पाण्डेले बताइन् ।

पृथ्वीनारायण शाह जिल्लाको चिनारी भएकाले शाहको मूर्ति मायाको चिनोको रुपमा बिक्री गरेर पर्यटनहरु आकर्षण गर्ने साथै महिलाहरुको आर्थिक उपार्जनमा सहयोग गर्ने उद्देश्य सहित तालिम संचालन गरिएको सचिव पाण्डेले बताइन् ।

संघले यसअघि पनि पृथ्वीनारायण शाहको मूर्ति बनाउने आधारभूत तालिम संचालन थियो । तालिममा आयआर्जनमा सहभागी हुने इच्छाशक्ति भएका २० जना महिलाहरुलाईसहभागी गराइएको उनको भनाई छ ।

तालिम समापन कार्यक्रममा महिला उद्यमी संघ नेपाल गोरखाकी अध्यक्ष रिता रेग्मी अर्यालको अध्यक्षता एवं गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण रानाको प्रमुख आतिथ्यतामा रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार