• शुक्रबार, साउन ८ २०८३

पत्रकार न्यौपाने सहित सातजनालाई ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’


आइतबार, जेष्ठ १९ २०८२
1.4K
Shares

काठमाडौँ । स्वास्थ्य पत्रकार मञ्चका पूर्व अध्यक्ष रामप्रसाद न्यौपाने सहित सात जनालाई यस वर्षको ‘स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार’ प्रदान गरिएको छ ।

विश्व सुर्तीजन्य पदार्थ रहित दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार टेकुमा आयोजना गरेको विशेष समारोहमा उनिहरुलाई नगदसहित पुरस्कृत गरिएको हो ।

पुरस्कार वितरण कार्यक्रममा स्वास्थ्य मन्त्री प्रदीप पौडेल, स्वास्थ्य सचिव डा विकास देवकोटा, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा टंकप्रसाद बाराकोटी लगायतको सहभागिता रहेको थियो ।

पुरस्कृत हुनेमा न्यौपाने (नेपाली हेल्थ डटकम) सहित डा तारासिंह बम (भाइटल स्ट्राटेजी), कल्पना आचार्य (हेल्थ टिभि अनलाइन), बुद्धि कटेल (मेडिकल पत्र), पुष्प राज चौलागाई (अनलाइन खबर), रूद्र कडरिया (क्यान्सर काउन्सिल नेपाल) र लक्ष्मीनारायण देव रहेका छन् । उनिहरुले जनही ५० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् ।

सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्रि बितरण तथा सेवन गर्ने कार्यलाई न्युनिकरण, नियन्त्रण तथा नियमन गर्ने कार्यमा उल्लेखनीय योगदान पुरयाएको भन्दै उनीहरुलाई पुरस्कृत गरिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार