चितवनको भरतपुर अस्पतालमा मुटु रोगको उपचार सुविधा र जलन वार्डको सेवा सुरु भएको छ ।
अस्पतालमा निर्मित क्याथ ल्याबको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मुटु उपचार र जलन वार्डको सेवा सुरुवात गरेका हुन् । यसअघि मुटु रोग तथा जलनका बिरामी उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता रहदै आएको थियो ।
तर भरतपुर अस्पतालमै यो सेवाको विस्तार भएसंगै चितवन, मकवानपुर, गोरखा, तनहुँ लगायत जिल्लाका बिरामीलाई सहज हुने भएको छ ।