• शनिबार, साउन ९ २०८३

नेपाल पत्रकार महासंघ गोरखाको अध्यक्षमा नरेन्द्र ढकाल


सोमबार, बैशाख ८ २०८२
1.7K
Shares

गोरखा नेपाल पत्रकार महासंघ गोरखा शाखाको अध्यक्षमा नरेन्द्र ढकाल चयन भएका छन् । आइतबार सम्पन्न शाखाको सातौं अधिबेशनले उनलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको हो ।

अधिवेशनबाट ढकालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यसमितिको खुल्ला उपाध्यक्षमा विकास मरहट्टा, महिला उपाध्यक्षमा अस्मिता सिंखडा र सचिवमा सुजन न्यौपाने चयन भएका छन् ।

यस्तै, सह–सचिवमा मोहसिन अलि मियाँ र समावेशी सह–सचिवमा दानबहादुर गुरुङ, कोषाध्यक्षमा गुणबहादुर रोका चयन भएका छन् ।

सदस्यतर्फ आदिवासी जनजातितर्फबाट बिबर गुरुङ चयन भएका छन् । समावेशी सदस्यतर्फ संगिता चेपाङ, सुदिप श्रेष्ठ, मेलिन बराम, राजेश पौडेल र विमल श्रेष्ठ चयन भएको निर्वाचन समितिका संयोजक स्थानेश्वर दुवाडीले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार