• शनिबार, साउन ९ २०८३

आफु लम्पसारवादी नभएको प्रचण्डको जीकिर


आइतबार, असार २८ २०७७
1K
Shares

चितवन । नेकपाका अध्यक्ष प्रचण्डले आफु लम्पसारवादी नभएको जीकिर गरेका छन् । आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको चितवन पुगेका प्रचण्डले आफूलाई विगतमा केपी ओलीले लम्पसारवादी भनेर आरोप लगाएको तर, इतिहासले त्यसलाई गलत सावित गरिदिएको बताए ।

केपी ओली पहिलोपटक प्रधानमन्त्री भएका बेला माओवादीले एमालेलाई दिएको समर्थन फिर्ता लिएर कांग्रेससँग गठबन्धन आन्तरिक विवादको कुरा भन्दै प्रचण्डले केहीले त्यहि गठबन्धनलाई लम्पसारवादी भनेकोमा भोलि इतिहासले देखाउने बताए ।

प्रचण्डले प्रश्न गर्दै अघि भने ‘केपी ओली प्रधानमन्त्री हुँदा चीनसँग ट्रेड एण्ड ट्रान्जिट सम्झौता भयो, म प्रधानमन्त्री हुँदा बीआरआई सम्झौता भयो । के यो लम्पसारवाद हो ?’ ‘केपी ओली प्रधानमन्त्री हुँदा चीनसँग ट्रेड एण्ड ट्रान्जिट सम्झौता भयो, म प्रधानमन्त्री हुँदा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौता भयो के यो लम्पसारवाद हो ? फास्ट ट्रयाक निर्माण के होला भन्ने थियो, मैले त्यसको जिम्मा नेपाली सेनालाई दिएँ, के यो लम्पसारवाद थियो ?’

आफू प्रधानमन्त्री भएपछि मधेसवादी दलहरुलाईसमेत समेटेर निर्वाचन सफल पारेको र लोडसेडिङको अन्त्य गरेको प्रचण्डले सुनाए । उनले भने, ‘संविधान त बन्यो, निर्वाचन हुन्छ त ? भन्ने थियो । मैले मधेसीहरुलाई पनि भरोसामा लिएर देशलाई निर्वाचन प्रक्रियामा अगाडि बढाएँ, त्यो लम्पसारवाद थियो त ?’

यसैविच प्रचण्डले पार्टीभित्र कसैलाई राष्ट्रघाती दलाल र कसैलाई महान राष्ट्रवादी भन्दै जिन्दावाद र मूर्दावादको नारा नलगाउन कार्यकर्ताहरुलाई आग्रह गरे । उनले पार्टीलाई विभाजन हुन नदिने बताउदै यहाँ कोही राष्ट्रघाती दलाल, कोही महान राष्ट्रवादी भन्ने होइन भन्दै जसरी सबै मिलेरै नाकाबन्दीको सामना गरेको हो त्यसरिनै सबै मिलेरै नक्सा बनाएको बताए ।

प्रचण्डले लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्न सरकारलाई आफूले नै निर्देशन दिएको र त्यसलाई प्रधानमन्त्री केपी ओलीले औपचारिकता दिएको बताए । माघमा सम्पन्न केन्द्रीय समितिको बैठकबाट लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूभाग समेटिएको नक्सा प्रकाशित गर्नुपर्दछ भनेर आफूले केन्द्रीय समितिमा पनि भनेको प्रचण्डले स्मरण गराए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार