• शनिबार, साउन ९ २०८३

अमेरिकी राष्ट्रपति ट्रम्प महामारी पछि पहिलो पटक मास्कमा देखिए


आइतबार, असार २८ २०७७
735
Shares

एजेन्सी
वासिङ्टन । कोरोना माहामारी फैलिएयता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो पटक मास्कमा देखिएका छन् । यस अघि मास्क लगाउन अस्वीकार गर्दै सार्वजनिक स्थलमा मास्कबिना उपस्थित हुने गरेका थिए ।

वाल्टर रीड नेसनल मिलिटरी मेडिकल सेन्टरमा घाइते सैनिकहरु भेट्न ट्रम्पले शनिबार मेरिल्यान्ड स्थित सैनिक अस्पतालको भ्रमणका बेला मास्क लगाएका हुन् । अस्पतालमा धेरै मान्छेहुने र उनीहरुले मास्क लगाओस् भन्ने चाहना व्यक्त गर्ने भएकाले आफूले मास्क लगाएको ट्रम्पले बताएका छन् । शनिबार राष्ट्रपति कार्यालय ह्वाइट हाउसबाटै मास्क सहित निस्किएका थिए ।

कोरोना महामारीको संक्रमण फैलिएसँगै अप्रिलमा अमेरिकी रोग नियन्त्रण केन्द्रले सार्वजनिक स्थलमा सबैलाई मास्क लगाउन आग्रह गरेको थियो । तर राष्ट्रपति ट्रम्पले आफ्ना सहयोगी र कर्मचारीहरुको नियमित जाँच भइरहेकाले आफूले मास्क लगाउन नपर्ने जिकिर गर्दै अस्विकार गर्दै आइरहेका थिए ।

कोरोना भाइरसको संक्रमणका हिसाबले अमेरिका विश्वमै सबैभन्दा बढी प्रभावित मुलुक हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार